दशैंमा घर फर्किने यात्रुलाई लक्षित गर्दै सरकारले आजदेखि अग्रिम बस टिकट बुकिङ खुला गरेको छ। टिकट सहज रूपमा पाउने अपेक्षासहित काठमाडौंको नयाँ बसपार्कस्थित टिकट काउन्टरमा यात्रुहरू गएरातिदेखि नै लामबद्ध भएका छन्।
यातायात व्यवस्था विभाग, नेपाल प्रहरी, यातायात व्यवसायी तथा मजदुरबीच असोज २० गते बसेको बैठकले असोज २३ गतेदेखि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको थियो। लोत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक पंकज मल्लका अनुसार सुदूरपश्चिमका विभिन्न जिल्लामा जाने यात्रु बिहीबार राति ९ बजेदेखि नै टिकट काउन्टर अगाडि लाइनमा बसेका थिए।

Online Arthik









