बुद्धभुमी नेपाल हाईड्रोपावर कम्पनी लिमिटेडले आफ्ना आधारभूत सेयरधनीहरूलाई हकप्रद सेयरबापतको रकम तोकिएको समयसीमाभित्र जम्मा गर्न आग्रह गरेको छ। कम्पनीले सूचना जारी गर्दै आगामी फागुन २३ गतेभित्र प्रतिसेयर रु. १०० का दरले हुन आउने रकम बुझाउन अनुरोध गरेको हो। हकप्रद सेयरबापतको रकम लक्ष्मी एनआईसी एशिया बैंक मा रहेको कम्पनीको खातामा जम्मा गर्नुपर्ने व्यवस्था गरिएको छ। तोकिएको समयसीमाभित्र रकम नबुझाए प्रचलित नियमअनुसार कारबाही हुने कम्पनीले स्पष्ट पारेको छ। कम्पनीले १ः१ अनुपातमा रु. १०० अंकित दरका ४० लाख कित्ता हकप्रद सेयर जारी गर्ने तयारी गरेको छ। यसअघि कम्पनीले गत माघ २१ गते नेपाल धितोपत्र बोर्डबाट हकप्रद निष्कासनको स्वीकृति प्राप्त गरिसकेको छ भने हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा एनआईसी एशिया क्यापिटल लिमिटेड नियुक्त रहेको छ।

तपाईको प्रतिक्रिया