रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी सोमवारदेखि चौथो वर्षमा प्रवेश गरेको छ । ३ वर्षको अवधिमा कम्पनीले विभिन्न १७ प्रकारका बीमा योजना ल्याएको बताएको छ । गत आर्थिक वर्षमा कुल रू. १ अर्ब ६० करोड बीमा शुल्क संकलन गरेको कम्पनीले जानकारी दिएको छ ।

यस्तै कम्पनीले हाल २८ ओटा आउटलेटहरू सञ्चालनमा ल्याई बीमासम्बन्धी सेवा प्रवाह गरिरहेको पनि बताएको छ । वार्षिकोत्सवको अवसरमा कम्पनीले ७ ओटै प्रदेशस्थित विभिन्न संघसंस्थाहरूलाई कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न प्रकारको सहयोगहरू गरेको जानकारी पनि कम्पनीले दिएको छ ।

त्यसैगरी कम्पनीलाई सफलतापूर्वक तेस्रो वर्ष पार गर्न सहयोग गर्ने बीमित, अभिकर्ता, एजेन्सी म्यानेजर, नियमनकारी निकाय, संस्थापक, कर्मचारी, पत्रकार तथा सम्पूर्ण शुभचिन्तक तथा सरोकारवालाहरूलाई धन्यवाद ज्ञापन गरेको छ ।

तपाईको प्रतिक्रिया