
गायक स्वप्न सुमनले गत बुधबार अभिनेत्री ज्योत्सना योगीसँग विवाह गरेका छन् । उनीहरुले सानो परिवारिक जमघटबिच बिहे गरेका जनाइएको छ ।
विशेषगरी युवाहरुको मनमा बस्न सफल भएका गायक स्वप्न सुमनका कसरी भनुँ म तिम्रो याद म राख्नेछु लगायत गीत चर्चित छन् । २७ वर्षिय स्वप्न सुमनले आफ्नो सांगीतिक करिअर युट्युबबाट सुरु गरेका थिए ा सन् २०१४ मा उनको पहिलो गीत के साह्रो राम्री भाको सार्वजनिक भएका थियो । त्यस्तै २८ वर्षीया ज्योत्सना योगी म्युजिक भिडियोहरुमा अभिनय गर्छिन । गायक नितेशजंग कुँवरको म्युजिक भिडियो र थुप्रै विज्ञापनहरुमा उनले अभिनय गरिसकेकी छन् ।