हिमालयन बैंक लिमिटेडले संस्थापक समूहअन्तर्गतको सेयर बिक्रीमा ल्याएको छ। बैंकले संस्थापक सेयरधनी विश्वेस श्रेष्ठयशस्वीका इन्टरनेशनल प्रा.लि.को नाममा रहेको सेयर बिक्री गर्न लागेको हो।

श्रेष्ठको नाममा रहेको ३८ हजार ९८२ कित्ता र यशस्वीकाको नाममा रहेको ७ लाख ९९ हजार १६७ कित्ता गरी कुल ८ लाखभन्दा बढी कित्ता सेयर बिक्रीमा राखिएको बैंकले जनाएको छ।विद्यमान व्यवस्थाअनुसार उक्त सेयर खरिदका लागि पहिलो प्राथमिकता संस्थापक सेयरधनीहरूलाई दिइनेछ। इच्छुक संस्थापक सेयरधनीहरूले ३५ दिनभित्र आवेदन दिन सक्नेछन्।आवेदन बैंकको हेरिटेज प्लाजा, कमलादीस्थित कार्यालयको कानून विभागमा बुझाउन सकिनेछ।

तोकिएको अवधिभित्र आवेदन नपरेमा प्रचलित कानुनबमोजिम उक्त सेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गरिने बैंकले जनाएको छ।

तपाईको प्रतिक्रिया