साँचै म मुर्ख छु !! कमल दास श्रेष्ठ [ कविता ]
साँचै म मुर्ख छु
लेख पढ थोरै
जान्दछु ।
तिमीले लेखेको कुरा
पढन सक्छु
भनेको सुन्न सक्छु ।
तर म
महामुर्ख भने होइन
प्रमाण दिन सक्छु ।
ब्रहत संसद भित्र
गीत, कविता र
उख्खान टुक्काले
हँसाउन सक्छु ।
विपक्षको जवाफ
महत्वको होइन
‘यतिु’ जस्तै धेरै
मिशन, कमिशन
मिलाउन सक्छु ।
शब्द ! शब्द हतियार हो
सापटीमा शब्दले म
वाण हान्न सक्छु
साँचै म मुर्ख छु ।
मितिले समेटेको कालापानी
लिपुलेक, लिम्पियाधुराहरु
उद्धगमको धमिलो टुक्रा
एउटा नक्साको दृष्यमा
थप्न सक्छु ।
विज्ञ लगाएर
दिग्गद अपहरण
गर्न सक्छु
करोडौं, अरवौको ठेक्का
आफ्नै सेना-मेनालाई
दिन सक्छु ।
एम.सी.सी. सहमती
शेर सामु
ठूला रावल हैन
सर्वसत्तावाद र बाँदरे
अधिनायकबादसँग
चिन्तित छु ।
जति सम्झाए नबुझ्ने
जति दिए नपुग्ने
मेरै कुले,
गोकुलेहरुसँग
म उदासीन छु ।
चौध वर्ष
जेल जीवनमा लेखेको
अव्यक्त कथा
प्रचण्ड घामको साहारा
मेरो पुरानो चश्माको
दृष्य शक्तिले
झल र अलमलाउने
नेपाललाई
सम्झाउन सक्छु ।
संयुक्त सरकारको
पूर्णविराम ! र
अन्तरार्धमा
उत्तराले बजाएको
सीताराको सरगममा
गीत गाउँन सक्छु ।
दक्षिणको संङ्गितको तालमा
नाच्न सक्छु ।
सरस्वती विद्याको
मुस्कान, परिस्थिति र
यथार्थमा अनुकूलित
म विश्रान्त
हाँस्न सक्छु ।
साँचै म मुर्ख छु ।
तर म महामूर्ख भने होइन ।

Online Arthik










