
चर्चित अमेरिकी पप गायिका रिहाना छोराकी आमा बनेकी छन् । उनले मे १३ का दिन लस एन्जल्समा छोरालाई जन्म दिएको अमेरिकी सञ्चार माध्यमले जनाएको छ । र्यापर रक्की रिहानाका प्रेमी तथा उनको छोराको बाबु हुन् ।
उनीहरुले विवाह गरेका छैनन् । ३४ वर्षीया रिहाना र ३३ वर्षीय रक्की लामो समयदेखि प्रेम सम्बन्धमा थिए उनीहरु चाँडै विवाह बन्धनमा बाँधिने बताइएको छ ।
उनीहरुले गत वर्ष मात्रै आफ्नो प्रेम सम्बन्धबारे खुलासा गरेका हुन् । रिहानाले एक म्याग्जिनसँग कुराकानी गर्दै आफनो १० वर्षिय योजना सुनाएकी थिइन् । जसमा उनले बच्चा जन्माउने योजना उल्लेख गरेकी थिइन् ।